अमेरिकामा हेलेन आँधीका कारण मर्नेको संख्या १२८ पुग्यो
मङ्गलबार, १५ असोज २०८१, १३ : ०३
वासिङ्गटन । दक्षिण पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तिमा १२८ जनाको मृत्यु भएको छ । आँधीका कारण ६ अमेरिकी राज्यमा हताहतको खबर आएको छ ।सबैभन्दा धेरै नर्थ क्यारोलिनामा ५६ जनाको ज्यान गएको छ ।
साउथ क्यारोलिनामा पनि ३० जनाको मृत्यु भएको छ । जर्जियामा २५, फ्लोरिडामा ११, टेनेसीमा ४ र भर्जिनियामा थप २ जनाको मृत्यु भएको बताइएको छ । आँधीको प्रभावबाट उब्रिन हप्तौँ, महिनौं र वर्षौ लाग्ने नर्थ क्यारोलिनाका महान्यायाधीवक्ता जोश स्टेनले भनेका छन् ।
कयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताइरहेका छन् । क्यारोलिनामा सयौँ बाटो अझै पनि बन्द छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण