विजय कुमार शाह परिवारद्वारा केआईओसीएचलाई ४ करोड रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता
काठमाडौँ । विजय कुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआईसीयू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ ।
यो सहयोगले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने परिवारले विश्वास लिएको छ । यसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरूको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ ।
शाह परिवारको सहयोगको सम्मान गर्दै पीएसआइसियू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पीएसआइसियू नामकरण गरिनेछ ।
२०८१ साल भाद्र १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआईओसीएचलाई प्रदान गरिसकेको छ ।
गैर नाफामूलक संस्था जेजीआई नेपाल फाउन्डेसन (जेजिआइएनएफ) ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरिरहेको छ । यद्यपि यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको हो ।
कुल सहयोग प्रतिबद्धता मध्ये बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउन्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रूपमा प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण