झ्याप्ले खोलाबाट दुईतर्फी गाडी सञ्चालनमा
काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको धुनिवेशी नगरपालिका–९ मा पर्ने झ्याप्ले खोलाको अवरोध हटेको छ । पहिरो पन्छाएर झ्याप्ले खोलामा दुईतर्फी सवारी सञ्चालन सुरु भएको छ ।
झ्याप्ले खोलाको पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चान सुरु गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘झ्याप्ले खोलाको पहिरो हटाएर यहाँबाट दुईतर्फ सवारी सञ्चानल गरिएको छ ।’
झ्याप्ले खोलादेखि नागढुंगासम्म मध्यान्ह ११ बजेदेखि १ बजेसम्म मोटरसाइकल समेत चलाउन रोक लगाएर पहिरो पन्छाइएको थियो ।
झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण