झ्याप्ले खोलाबाट दुईतर्फी गाडी सञ्चालनमा

काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको धुनिवेशी नगरपालिका–९ मा पर्ने झ्याप्ले खोलाको अवरोध हटेको छ । पहिरो पन्छाएर झ्याप्ले खोलामा दुईतर्फी सवारी सञ्चालन सुरु भएको छ ।
झ्याप्ले खोलाको पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चान सुरु गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘झ्याप्ले खोलाको पहिरो हटाएर यहाँबाट दुईतर्फ सवारी सञ्चानल गरिएको छ ।’
झ्याप्ले खोलादेखि नागढुंगासम्म मध्यान्ह ११ बजेदेखि १ बजेसम्म मोटरसाइकल समेत चलाउन रोक लगाएर पहिरो पन्छाइएको थियो ।
झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानाको परिकारबाट कृषि पर्यटन प्रवर्द्धन गर्न ‘भोजनलिपि स्वाद’
-
गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध
-
मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र
-
काठमाडौं महानगर क्षेत्रलाई निषेधित क्षेत्र बनाउने निर्णयको राप्रपाद्वारा कडा विरोध
-
बालाजु पौडी पोखरी सञ्चालनमा
-
शिवनाथमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने