सरकारको निर्देशन विपरीत रात्रिबस सञ्चालन भएकोबारे छानबिन गर्नुपर्छ : सांसद थापा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले रोक लगाउँदा लगाउँदै रात्रिबस सञ्चालन भएको भन्दै यसको छानबिन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले विपद्को पूर्वतयारीस्वरुप रात्रिबस सञ्चालन नगर्न निर्देशन गरेको भएपनि रात्रिबस सञ्चालन भएको भन्दै यस बारेमा छानबिन गर्नुपर्ने बताएका हुन् ।
सांसद थापाले सरकारको निर्णय विपरीत रात्रिबस सञ्चालन भएको विषयलाई कसै न कसैले जिम्मा लिनुपर्ने बताए । त्यसैगरी नख्खु बाढीमा फसेकाहरूको उद्धार गर्न नसकिएको विषयमा पनि छानबिन गर्नुपर्ने उनले माग गरे । नख्खु बाढीमा फसेकाहरूको समयमै उद्धार गर्न नसक्नुमा कसको दोष हो यस विषयमा छानबिन गरी दोषी उपर कारबाही गर्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘नेपाल सरकारको मुख्यसचिवदेखि प्राधिकरणको प्रमुखसम्म, प्रहरीको प्रमुखदेखि अरू जिम्मेवारीमा बसेका मानिसहरू अहिले जुन ठाउँमा बसेर आपत्कालिन अवस्थामा जुन तरिकाले काम गरिरहेको देख्नुपर्ने हो त्यो नदेख्दाखेरी स्वाभाविक रूपमा प्रश्नहरू छन् । बैठकहरू धेरै भए । एकपछि अर्को डुप्लिकेशनहरु भएको छ । निर्णयको कार्यान्वयनहरू भएको छैनन् भन्ने गुनासोहरू छन् ।’
सांसद थापाले संघीय सरकार उद्धारमा केन्द्रित हुनुपर्ने र राहत वितरणको काममा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण