हनुमन्ते करिडोर निर्माणका लागि पहल गर्छुः अध्यक्ष दाहाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले पुर्याएको क्षतिको अवलोकन गरेका छन् ।
गत शनिबार हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमि–३ गठ्ठाघर–कौशलटार सागबारीमा पुर्याएको क्षतिको निरीक्षण गर्दै करडोर निर्माणमा चासो व्यक्त गरे । उनले बस्तीमा हनुमन्ते खोला पस्नुको कारणबारे जिज्ञासा राख्नुको साथै क्षतिबारे जानकारी लिए। स्थलगत निरीक्षणका क्रममा स्थानीयले हनुमन्ते करिडोर निर्माण सम्पन्न नहुँदा खोलाको बाढीले बस्ती र कृषियोग्य भूमिमा ठूलो क्षति पुर्याएको भन्दै हनुमन्ते करिडोर निर्माण सम्पन्न गर्न माग गरेका थिए ।
अध्यक्ष दाहालले यसबारे स्थानीय सरकार र सम्बन्धित निकायमा कुरा राख्ने बताए । उनले हनुमन्ते करिडोर निर्माणमा भएको गतिरोध हटाउन केन्द्र सरकारका तर्फबाट आवश्यक पहल गर्न सरकार र संसद्मा कुरा राख्ने बताउँदै जनताको आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस अवसरमा अध्यक्ष दाहालसँग केन्द्रीय नेताहरू अग्नि सापकोटा, पूर्वभूमिसुधार मन्त्री शशी श्रेष्ठ, मध्यपुरथिमिका उपप्रमुख उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायत माओवादी केन्द्रका केन्द्र, जिल्लाका नेताहरूको पनि उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा
-
नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की
-
राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन
-
मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार बन्दै तरबुजाखेती
-
राजेन्द्र लिङ्देन र कमल थापालाई दायाँबायाँ राखेर आन्दोलन घोषणा गर्न सफल भए नवराज सुवेदी
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प