हनुमन्ते करिडोर निर्माणका लागि पहल गर्छुः अध्यक्ष दाहाल
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले पुर्याएको क्षतिको अवलोकन गरेका छन् ।
गत शनिबार हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमि–३ गठ्ठाघर–कौशलटार सागबारीमा पुर्याएको क्षतिको निरीक्षण गर्दै करडोर निर्माणमा चासो व्यक्त गरे । उनले बस्तीमा हनुमन्ते खोला पस्नुको कारणबारे जिज्ञासा राख्नुको साथै क्षतिबारे जानकारी लिए। स्थलगत निरीक्षणका क्रममा स्थानीयले हनुमन्ते करिडोर निर्माण सम्पन्न नहुँदा खोलाको बाढीले बस्ती र कृषियोग्य भूमिमा ठूलो क्षति पुर्याएको भन्दै हनुमन्ते करिडोर निर्माण सम्पन्न गर्न माग गरेका थिए ।
अध्यक्ष दाहालले यसबारे स्थानीय सरकार र सम्बन्धित निकायमा कुरा राख्ने बताए । उनले हनुमन्ते करिडोर निर्माणमा भएको गतिरोध हटाउन केन्द्र सरकारका तर्फबाट आवश्यक पहल गर्न सरकार र संसद्मा कुरा राख्ने बताउँदै जनताको आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस अवसरमा अध्यक्ष दाहालसँग केन्द्रीय नेताहरू अग्नि सापकोटा, पूर्वभूमिसुधार मन्त्री शशी श्रेष्ठ, मध्यपुरथिमिका उपप्रमुख उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायत माओवादी केन्द्रका केन्द्र, जिल्लाका नेताहरूको पनि उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण