सांसद अधिकारीको राउतलाई प्रश्न : तपाईंले यसअघि गरेका फैसलाका बारेमा पनि प्रश्न उठेका छन् नि ?
काठमाडौँ । सांसद प्रकाश अधिकारीले बार र बेन्चका बिचमा बेला बेलामा सम्बन्ध सुमधुर नहुने गरेको बताउँदै अधिकांश प्रधानन्यायाधीशको समयमा किन यस्तो हुन्छ भन्दै प्रश्न गरेका छन् । बुधवारको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद अधिकारीले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई सो प्रश्न गरेका छन् ।
उनले प्रस्तावित प्रधानन्यायाधीश राउतले यसअघि गरेका फैसलाका बारेमा पनि प्रश्न उठेका छन् नि भन्दै प्रश्न समेत गरे । उनले भने, ‘बार र बेन्चका बिचमा बेला बेलामा सम्बन्ध सुमधुर रहँदैन ? अधिकांश प्रधानन्यायाधीशको समयमा किन यस्तो हुन्छ ?
उनले राउतलाई आफ्नो अवधारणा आफ्नै कार्यकालमा लागू गर्न सम्भव छ कि छैन भन्दै प्रश्न गरे । उनले भने, ‘‘तपाईंको अवधारणा पत्र तपाईंकै कार्यकालमै लागु गर्न सम्भव छ कि छैन ? विगतमा पनि कार्ययोजना पेस भएको छ। अन्तरिम आदेशमार्फत रोक्दा अवरोध भएको छ। कुनै कालोसूचीमा परेकाहरूको हकमा अदालतले खुलाएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण