नयाँ सरकार बनेपछि पहिलो पटक कोलम्बो पुगे एस जयशंकर

कोलम्बो । वामपन्थी अनुरा कुमारा दिसानायके श्रीलङ्काको राष्ट्रपति बनेपछि भारतका विदेशमन्त्री एस जयशंकर पहिलो पटक कोलम्बो पुगेका छन् । उनले माइक्रो ब्लगिङ वेबसाइट एक्समा ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।
‘फेरि कोलम्बो आउन पाउँदा राम्रो महसुस गरिरहेको छु । श्रीलङ्काली नेतृत्वसँग वार्ता गर्न तत्पर छु ।’ पोष्टमा उनले लेखेका छन् । यस वर्षको फेब्रुअरीमा अनुरा कुमारा दिसानायके भारत आएका थिए ।
त्यसको सात महिनापछि उनी श्रीलङ्काको राष्ट्रपति बनेका थिए । आफ्नो पोस्टमा जयशंकरले दुई देशबिचको सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा राम्रो छलफल भएको भनेर लेखेका छन् । २२ सेप्टेम्बरमा आएको राष्ट्रपति निर्वाचनको नतिजामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी भएका थिए ।
सामान्यतया, श्रीलङ्काको वामपन्थी विचारधारा भएका सरकारहरूलाई वैचारिक रूपमा चीनको नजिक मानिन्छ । यस्तोमा नयाँ सरकारलाई भारतका लागि पनि चुनौतीका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी