दुर्घटना
स्याङ्जामा जिप दुर्घटना, ७ जना घाइते
शुक्रबार, १८ असोज २०८१, १४ : ३५
काठमाडौँ । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरि पौडेलले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । घाइते हुनेमा आँधिखोला–५ घर भएका आत्मराम सिग्देल, कलावती घिमिरे, सिर्जना चापागाईँ, अमना नेपाली, शान्तिकुमार सापकोटा, शिव सिग्देल र ३ वर्षीया सोफिया नेपाली छन् ।
जिप चालक अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । घाइतेहरूलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको डीएसपी पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण