भैरहवामा कुकुरको बन्ध्याकरण गर्न सुरु
शुक्रबार, १८ असोज २०८१, १६ : ३२
बुटवल । विश्व पशु दिवसको अवसरमा भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाले कुकुरहरूको बन्ध्याकरण एवं रेबिज भ्याक्सिन कार्यक्रम सुरु गरेको छ । छाडा कुकुरको टोकाइबाट नगरवासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले असोज २३ गतेसम्म छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउने बताए । उनले छुटेका कुकुरमा दसैँपछि बन्ध्याकरण गरिने बताए ।
कुकुरहरूको बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउने काम पशु चिकित्सक एवं प्राविधिक टोलीले गर्ने सिद्धार्थनगर नगरपालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण