एन्फा महिला लिग फुटबल : अपराजित रहँदै पुलिस क्लब ‘सुपर लिग’ चरणमा
काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा शुक्रबार विभागी टोली नेपाल पुलिस क्लबले जित हात पारेको छ । पुलिस क्लबले संकटा क्लबलाई २–१ गोलले पराजित गरेको हो । जितसँगै पुलिस क्लबले आफ्नो अपराजित यात्रा पनि कायमै राखेको छ ।
जारी एन्फा महिला लिगको ‘सुपर लिग’ चरणमा पुग्ने पाँचवटै टोलीको टुंगो यसअघि नै लागिसकेको थियो । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नौ खेलबाट २५ अंक बटुल्दै तालिकाको पहिलो स्थानमा आसिन छ । एपीएफ क्लबले आठ जित र एक बराबरीको नतिजा निकालेको छ ।
यसैगरी,अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब नौ खेलबाट २२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आर्मी क्लबले सात जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ । नौ खेलबाट २१ अंक जोडेको नेपाल पुलिस क्लब तेस्रो स्थानमा आसिन छ ।
पुलिस क्लबले हालसम्म ६ जित र तीन बराबरीको नतिजा निकालेको छ । तालिकाको चौथो स्थानमा आसिन वालिङ नगरपालिकाले नौ खेलबाट १५ अंक जोडेको छ । नौ खेलबाट १४ अंक जोडेको कोशी प्रदेश तालिकाको पाँचौँ स्थानमा छ । पहिलोदेखि पाँचौँ स्थानमा रहेका टोली प्रतियोगिताको ‘सुपर लिग’ चरणमा प्रवेश गरेका हुन् ।
नौ खेलबाट १० अंक जोडेको बागमती युथ क्लब छैटौँ स्थानमा छ । नौ खेलबाट आठ अंक बटुलेको संकटा क्लब सातौँ स्थानमा आसिन छ । चन्द्रपुर नगरपालिका नौ खेलबाट आठ अंक जोड्दै आठौँ, नौ खेलबाट चार अंक जोड्दै कर्णाली प्रदेश नवौँ र आफूले खेलेको नौवटै खेलमा पराजित भएको सुदूरपश्चिम प्रदेश तालिकाको १०औँ स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण