बागमती प्रदेश सरकारले चणिकलाललाई १ लाख ५० हजारसहित सम्मान गर्ने
हेटौँडा । बागमती प्रदेश सरकारले चणिकलाल तामाङलाई एक लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
गत असोज १२ मा नख्खु खोलामा आएको बाढीमा पसेका २ जनाको जीवन रक्षा गरेको भन्दै उनलाई प्रदेश सरकारले सम्मान गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावली अनुसार ३ वटा समितिहरु गठन गरेको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा राजनीतिक समिति, आन्तरिक मालिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वम प्रशासन तथा विधेयक समिति र कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरिएको छ । उक्त समितिहरुमा विभागीय मन्त्रीहरुलाई सदस्य राखिएको छ ।
बैठकले जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको छ । बैठकले नुवाकोटमा कार्यालय स्थापना गर्ने र सो कार्यालयले नुवाकोट र रसुवा हेर्नेगरी कर्मचारी व्यवस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप
-
प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ
-
‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
-
प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
-
‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण