भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शिलान्यास
चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भवन पुरानो र जीर्ण भएकाले नयाँ भवन निर्माण गर्न बोर्डबाट निर्णय भएको स्मरण गरिन् ।
भरतपुरमा शुद्ध खानेपानीको पहुँच ९२ प्रतिशत पुगेकाले अब केही समयपछि शतप्रतिशत पुग्ने उनको भनाई थियो ।
भरतपुरमा विगत ७ वर्षमा अर्बौँका खानेपानीका आयोजना निर्माण सम्पन्न भइसकेको र यस वर्ष पनि विभिन्न स्थानमा नयाँ आयोजना निर्माण गरिने प्रमुख दाहालले बताइन् । महानगरले चालु आर्थिक वर्षमा विपन्न नागरिकले धारा जडान कार्य गर्न रु ५० लाख विनियोजन गरेको उनले जानकारी दिइन् ।
भरतपुर वडा नम्बर १० मा रहेको मुख्य कार्यालयको पुरानो भवन भत्काई सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । पुरानो भवन तत्कालीन नेपाल खानेपानी संस्थान भरतपुर शाखाको लागि निर्माण गरेको थियो ।
बोर्डले बर्सेनि आफ्ना क्षेत्र र उपभोक्ताको सङ्ख्या विस्तार गर्दै भए पनि जीर्ण भवनबाटै सेवा दिँदै आएको थियो । बोर्डका निमित्त कार्यकारी निर्देशक सञ्जय बरालका अनुसार भवन ३ तले बन्ने छ ।
भवन ५ हजार २ सय ९९ वर्ग फिटमा बन्ने छ । भवन निर्माण गर्न रु २ करोड ८० लाख ४१ हजारमा बोलपत्र आह्वान गरिएको थियो । भवन निर्माणको जिम्मा चारुमति कन्स्ट्रक्सन बानेश्वरले रु २ करोड १८ लाख ७५ हजार ५२४ मा पाएको हो ।
२०८१ भदौ १६ गते सम्झौता मितिले १८ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ । नयाँ भवन निर्माण भएपछि फरक क्षमता भएका सेवाग्राहीलाई सहज हुने बताइएको छ । यसअघि साँघुरो र जीर्ण भवनबाट सहज सेवा दिन समस्या हुँदै आएको निर्देशक बरालले बताए । बोर्डका हाल ४० हजार भन्दा बढी सेवाग्राही छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण