जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
शनिबार, १९ असोज २०८१, १६ : २०
काठमाडौँ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ कोठरी बस्ने चेतनारायण धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने ३० वर्षीय अनिल नेपाली समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५ सय ८५ रुपैयाँ, २ बुक र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
- कैलाली, जानकी गाउँपालिका-२ बढरिया बस्ने धन बहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय जगत साउद समेत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ७ सय ५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
- तनहुँ, म्याग्दे गाउँपालिका-३ पसले घुमाउने चौतारास्थित किरियापुत्री भवनको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय जित बहादुर दर्लामी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण