विभिन्न स्थानमा ५ जना मृत फेला
काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ, काठमाडौँ महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने बारा घर भएका ६५ वर्षीय नागेश्वर साह आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर, फिदिम नगरपालिका-१२ भोटे गाउँस्थित भित्री सडकमा फालेलुङ गाउँपालिका-७ बस्ने ५५ वर्षीया देवी माया रिमाल (तामाङ) शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
झापा, बुद्धशान्ती गाउँपालिका-३ गोस लाईन बस्ने ६९ वर्षीय धन बहादुर कुमाल सोही ठाउँस्थित सडक छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
धनकुटा, सहिदाभुमि गाउँपालिका-४ बस्ने २७ वर्षीय लुरे भन्ने ताईजन बिक सोही गाउँपालिका-४ खोकु नस्पती चोकस्थित सडक छेउमा गए राति मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, देवदह नगरपालिका-१२ सरदारपुरस्थित रोहिणी खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण