विभिन्न स्थानमा ५ जना मृत फेला

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ, काठमाडौँ महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने बारा घर भएका ६५ वर्षीय नागेश्वर साह आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर, फिदिम नगरपालिका-१२ भोटे गाउँस्थित भित्री सडकमा फालेलुङ गाउँपालिका-७ बस्ने ५५ वर्षीया देवी माया रिमाल (तामाङ) शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
झापा, बुद्धशान्ती गाउँपालिका-३ गोस लाईन बस्ने ६९ वर्षीय धन बहादुर कुमाल सोही ठाउँस्थित सडक छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
धनकुटा, सहिदाभुमि गाउँपालिका-४ बस्ने २७ वर्षीय लुरे भन्ने ताईजन बिक सोही गाउँपालिका-४ खोकु नस्पती चोकस्थित सडक छेउमा गए राति मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, देवदह नगरपालिका-१२ सरदारपुरस्थित रोहिणी खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ मा शिक्षक महासङ्घको आपत्ति
-
सुदूरपश्चिम संसदीय दलको विवाद अझै मिलेन, प्रचण्डले फेरि बोलाए खुमलटार
-
अब कम्पनीको विवरण अद्यावधिक गराउँदा वास्तविक सेयर धनी घोषणा गर्नुपर्ने
-
सेनाले बसपार्कको जग्गामा दाबी छाड्नुपर्छ
-
भारतको हवाई आक्रमण पछि अहिलेसम्म के भयो ?
-
जग्गा भोगाधिकारको विवादले बसपार्क स्तरोन्नतिमा समस्या