कतारका राजदूतसँग मेयर बालेनले भने, ‘विश्वकपको व्यवस्थापनबाट प्रभावित छौँ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन् २०२२ मा कतारले आयोजना गरेको विश्वकप फुटबल व्यवस्थापनको प्रशंसा गरेका छन् । आइतबार उनको कार्यकक्षमा शिष्टाचार भेटका लागि आएका नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलि अल अन्सारीसँगको कुराकानी गर्दै प्रमुख शाहले सो कुरा बताएका हुन् ।
उनले भने, ‘विश्वकप खेल सञ्चालन गर्न कतारमा निर्माण गरिएको रंगशालाको अन्तर्राष्ट्रिय स्तरमा ख्याति रहेको छ ।’ खेलजस्तै नागरिकलाई तत्काल र प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रमका लागि संयुक्त आयोजनामा कार्यक्रम गर्न सकिने प्रमुख शाहको भनाइ थियो ।
त्यस क्रममा राजदूत अलि अन्सारीले प्रमुख शाहको कार्यशैलीको प्रशंसा गरे । उनले कतारको विकासमा नेपाली नागरिकको सहयोग रहेको उल्लेख गर्दै भने, ‘कतारमा धेरै नेपाली हुनुहुन्छ । उहाँहरूले हाम्रो विकासमा सघाइरहनु भएको छ । कतारियनहरु पनि नेपालको विकासका लागि लगानी गर्न इच्छुक हुनुहुन्छ ।’
भेटका क्रममा काठमाडौँ महानगरपालिका र दोहा नगर बिच भगिनी सम्बन्ध स्थापनाको सम्भावना, परस्पर हित र सहकार्यका विषयमा कुराकानी भएको थियो । त्यस क्रममा प्रमुख शाहले शान्तिका प्रतीक गौतम बुद्धको मूर्ति मित्रताको चिनो स्वरूप उपहार दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण