एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात
दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा परेका हुन् । गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।
उनको खोजीका लागि इजरायलस्थित नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन । भाईको अवस्था पत्ता नलाग्दा आफ्नो परिवार विक्षिप्त बनेको उनका दाइ किशोर जोशीले बताए । “हामीले पटक पटक मन्त्री, प्रधानमन्त्रीलाई भेटेरै भाईको अवस्था पत्ता लगाइदिन आग्रह गरेका छौँ तर हालसम्म प्रगति भएको छैन”, उनले भने ।
नेपाल विद्यार्थीसँग कञ्चनपुरले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विपिनको खोजीकार्य चाँडो गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सङ्घका केन्द्रीय सदस्य इन्द्र साउदले उनको परिवार विपिन आउने आशामा बसेकाले यथाशीघ्र खोजी गरिदिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए ।
ज्ञापनपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी सापकोटाले ज्ञापनपत्र यथाशीघ्र प्रधानमन्त्री कार्यालय पठाउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण