सिमखोलामा डाइभर्सन भासिँदा कुलेखानी- फाखेल र सिस्नेरीतर्फको सडक पुनः अवरुद्ध
हेटौँडा । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलखानी ड्याम मुनि सिमखोलामा बनाएको डाइभर्सन भासिँदा सवारी आवागमनमा समस्या भएको छ । सिमखोलामा बनाएको डाइभर्सन भासिँदा कुलेखानी फाखेल महालक्ष्मी र कुलेखानी सिस्नेरी दक्षिणकाली दुवैतर्फका सवारी आवागमन अवरुद्ध भएका छन् । यसअघि आइतबार दिउँसोबाट उक्त सडक खण्डहरू सञ्चालनमा ल्याइएको थियो ।
पाँच दिन लगाएर कुलेखानी स्थित सिमखोल, महालक्ष्मी खोला र सिस्नेरी खोलाले बगाएको बाटोको विकल्पमा डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । डाइभर्सनमा फिलिङ गरिएको माटो भासिएको र नयाँ माटो फिलिङ्ग गरिँदै गरिएकोले अबको २ घण्टाभित्र सवारी आवागमन सुचारु हुने डाइभर्सन निर्माण स्थलमा रहेका एक प्राविधिकले जनाकारी दिएका छन् ।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्थानीय तह, नेपाली सेना र प्रहरीको सक्रियतामा सिमखोला, महालक्ष्मी र सिस्नेरीमा मा डाइभर्सन निर्माण गरी आइतबार अपराह्नबाट सवारी आवागमन खुलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण