प्रसूति तथा स्त्रीरोग अस्पतालले दसैँ, तिहारमा उपचार सेवा दिने
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले दसैँ, तिहारको बिदामा पनि बिरामीहरूको उपचार सेवा सुचारु हुने बताएको छ । सोमबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पारेका हुन् ।
दसैँ, तिहारलगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरूमा पनि हुने गर्दछ । ती बिदाका दिनमा पनि आफूहरूले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताए । उनले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै बिरामीहरूको उपचार हुने भएकाले त्यस्ता बिरामीहरूले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताए ।
अस्पतालले दसैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिने गर्दछ । तर ती सार्वजनिक बिदाको दिनमा ओपीडी सेवा बन्द भएपनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरू परिचालित हुने निर्देशक अधिकारीले बताए ।
उनले भने, ‘बिदाको दिन भनेर डाक्टर भेट्दैन कि भनेर सोच्नुपर्दैन । किनभने हामी ड्युटीमा कम्तीमा ६ जना एमडी गरेका डाक्टरहरू र ६ जना एमडी गरिसकेका डाक्टरहरू १२ जना डाक्टरहरूको टिम प्रत्येक दिन २४ घण्टा नै बसिरहेका हुन्छन् ।’
दसैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रिको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ । त्यसबाहेक अन्य सार्वजनिक बिदाहरूमा आधा दिन अस्पतालले बिरामीहरूका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ ।
निर्देशक डा. अधिकारीले बिदाको दिनमा पनि करिब १२ जना चिकित्सकहरूको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुने गरेको बताए ।
अस्पतालमा हाल गर्भवती महिलाहरूको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिब २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
-
कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण