वीरगन्जका मेयर सिंहमाथि दुर्व्यवहार
सोमबार, २१ असोज २०८१, १७ : ४१
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दुर्व्यवहार भएको छ । महानगरको अलौँ वडा नम्बर १७ मा सोमबार बिहान मेयर सिंहमाथि स्थानीयले दुर्व्यवहार गरेका हुन् ।
महानगरको वडा नम्बर २६ स्थित खेतमा जमेको पानीको विषयलाई लिएर विवाद हुँदा मेयर सिंहमाथि आक्रमण भएको स्थानीयवासीले बताए ।
एक स्थानीयका अनुसार असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी खेतमा भरिएको थियो । उनले भने, ‘जमेको पानी शनिवार वडा नम्बर १७ का वडा सदस्य आमोद यादवले खोल्नुभएको थियो, तर आइतबार अर्को पक्ष गएर फेरि बन्द गरेको थियो । त्यही जमेको पानी फेरि मेयर सिंहले खोल्दा विवाद भएको हो, त्यहिबेला उनीमाथि दुर्व्यवहार भएको हो ।’
घटनाबारे प्रतिक्रिया लिन मेयर राजेशमान सिंह तथा उनको सचिवालयमा पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण