सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध
सोमबार, २१ असोज २०८१, २२ : २३
चैनपुर । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध भएको छ । आइतबार बिहानैदेखि गाएको पहिरो हटाउन दुई वटा जेसिबी लगाए पनि सडक सञ्चालन हुन सकेको छैन ।
जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटार नजिक खसेको सुक्खा पहिरो हटाएर अझै यातायात सञ्चालन गर्न नसकिएको स्थानीय रमेश गिरीले बताए । उनका अनुसार पहिरो पन्छाउन दुई वटा जेसिबी प्रयोग गरिए पनि माथिबाट निरन्तर पहिरो खसेका कारण सडक सञ्चालन हुन नसकेको हो ।
सडकमा पहिरो गएपछि यात्रुहरू तलबाट हिँडेर गन्तव्यतिर गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले जानकारी दिए । उनले जेसिबीले सफा गर्न सुरु गर्ने वित्तिकै माथिबाट पहिरो आउने र सडक पुर्ने गरेको बताए । उनका अनुसार पहिरो रोकिने वित्तिकै पहिरो पन्छाइ सडक सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका कानुनमन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्ग
-
तस्बिरमा हेर्नुहोस् विवादका बिच सुरु भएको राप्रपा केन्द्रीय समिति बैठक
-
विदेश नीतिमा बौद्ध धर्मको प्रभाव, के गर्दैछन् भारत, चीन र नेपाल ?
-
१ खर्बको मुद्दा र ‘म पनि पर्छु कि’ भन्ने डरले सेयर बजार घट्यो : अर्थमन्त्री
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण