के सुत्नु अघि नुहाउनु राम्रो हो ?
काठमाडौं । केही मानिस दिनदिनै नुहाउँछन् केहीलाई हप्तामा एक दिन नुहाउन पनि झिँझो लाग्छ ।
कोही यस्ता पनि हुन्छन्, दिनमै दुईपटक ननुहाउँदासम्म चित्तै बुझ्दैन । केहीलाई त सुत्नु अघि पनि नुहाउनु पर्छ । हाम्रो जीवनमा हामी अनेक खालका मानिसहरू भेट्छौं । तर यो बानी अपनाउनु अघि धेरै कम मानिसहरू मात्रै राति नुहाउनु फाइदाजनक छ कि छैन भनेर सोच्छन् ।
गर्मीमा राति नुहाएर सुत्नु निकै फाइदाजनक रहेको केही अनुसन्धानले दाबी गरेको छ । यसका अनेकौं स्वास्थ्य लाभहरू छन् । तर तपाईंले यति मात्रै जान्नु पर्यो कि पानीको तापक्रम कति हुनु पर्छ । गर्मीमा राती नुहाउनुअघि पानी धेरै तातो त छैन भनी जाँच्नुहोस् । पानी सामान्य तापक्रमको छ भने निर्धक्क नुहाउन सक्नुहुन्छ ।
राम्रोसँग सुत्न सक्नु हुनेछ
राति सुत्नुअघि नुहाउनु भयो भने अन्य दिनको तुलनामा राम्रो निद्रा लाग्छ । जसरी शरीरको लागि राम्रो आहार चाहिन्छ, त्यसैगरी राम्रो निन्द्रा पनि चाहिन्छ । राति नुहाउँदा शरीरबाट दिनभरको थकान हट्छ । शरीरले रिल्याक्स महसुस गर्छ अनि दिनभरि शरीरमा टाँसिएर रहेका कीटाणु र संक्रमण पनि हट्छन् ।
छालासम्बन्धी समस्या हट्नेछ
दिनभर कामको सिलसिलामा हामी कयौं पटक घामको प्रत्यक्ष सम्पर्कमा आएका हुन्छौं । कहिलेकाहीँ दूषित हावामा पनि काम गर्न परिरहेको हुन्छ । यस्तो बेलामा धेरै कीटाणुहरू शरीरमा टाँसिन्छन् । दिनभरि शरीरबाट निस्कने पसिनाले कहिलेकाहीँ शरीरमा कीटाणुहरू मौलाउने स्थिति उत्पन्न गराउँछ । राति नुहाउँदा छालाबाट दिनभरको फोहोर हट्छ । जसले गर्दा शरीरलाई आराम मिल्छ । छाला सफा र संक्रमणबाट पनि टाढा रहन्छ।
मूड मा प्रभाव
दिनभर काम गरेपछि मुड अलि सुस्त वा चिडचिडा हुन सक्छ । यस्तो अवस्थामा राती नुहाउँदा पनि मुडमा सुधार आउँछ अनि ताजा महसुस गर्न सक्नु हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण