सिस्नेरीको सडक दिउँसो एकतर्फी, राति बन्द
काठमाडौँ । हेटौंडाबाट काठमाडौँ जोड्ने दक्षिणकाली सिस्नेरीको सडक दिउँसोको समयमा एकतर्फी हुने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको अनुगमनपछि यो मार्गलाई एकतर्फी गर्न निर्देशन दिइएको हो ।
यस अनुसार हेटौँडाबाट काठमाडौँ आउने सवारी साधन यो मार्गबाट प्रवेश गर्न पाउँदैनन् । यी सवारी साधनलाई चित्लाङको बाटो हुँदै काठमाडौँ पठाउने व्यवस्था गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी ( सीडीओ ) तीर्थराज चिलुवालले जानकारी दिए ।
त्यस्तै, रातीको समयमा भने यो सडक खण्ड पूर्ण रूपमा बन्द हुनेछ । ‘पहिरो पन्छाएर खोलामै ट्र्याक बनाइएको र साँघुरो बाटो भएका कारण रातिको समयमा गाडी नचलाउनुस् भनेका छौँ,’ सीडीओ चिलुवालले भने, ‘यातायात व्यवसायीहरू पनि यसमा सहमत हुनुहुन्छ ।’
त्योबाहेक अरू सबै सडकहरू अहिले नियमित रूपमा सञ्चालनमा छन् । कान्ति राजमार्ग हुँदै आवतजावत हुने सडक अहिले दुईतर्फी सञ्चालनमा आइसकेको छ ।
थानकोटबाट चित्लाङ हुँदै हेटौँडा जोड्ने सडक, काठमाडौँबाट नौबिसे हुँदै भैँसे जोड्ने त्रिभुवन राजपथ र नारायणघाट मुग्लिङ हुँदै आवतजावत सडकको बाटो अहिले सुचारु रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण