हरियाणाको विधानसभा निर्वाचनः विनेश फोगाट विजयी
मङ्गलबार, २२ असोज २०८१, १५ : १८
नयाँ दिल्ली । हरियाणाको विधानसभा चुनावमा महिला कुस्ती खेलाडी तथा ओलम्पियन विनेश फोगाट जुलाना सिटबाट विजयी भएकी छिन् ।
कांग्रेसको टिकटमा उठेकी विनेश फोगाटले निकटम प्रतिस्पर्धी उम्मेदवारले भन्दा ६ हजार १५ बढी मत ल्याएर जित हात पारेकी हुन् ।
उनले कुल ६५ हजार ८० मत पाइन् भने भाजपाका योगेश कुमारले ५९ हजार ६५ मत प्राप्त गरी दोस्रो स्थानमा रहे ।
हरियाणा विधानसभा चुनावको केही समय अघि विनेश फोगाट कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनीसँगै उनको पति बजरंग पुनिया पनि कांग्रेसमा प्रवेश गरेका छन् । ओलम्पिकमा थोरै तौलका कारण विनेशको पदक खोसिएपछि उनले कुस्तीबाट संन्यास लिएकी थिइन् । लगत्तै कांग्रेसले विधानसभा चुनावमा उनलाई आफ्नो उम्मेदवार बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण