रिब्दीकोट गाउँपालिकामा दसैँ बिदामा सरकारी सवारी साधन नचलाउने
_jitOOCOEOf.jpg)
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले दसैँ बिदाको अवधिमा सरकारी सवारी साधन नचलाउने निर्णय गरेको छ । विजयी दसैँको बिदा अवधि र बिदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने अवस्थामा कर्मचारी तथा जनप्रतिनिधिले सरकारी सवारी साधन सञ्चालन नगर्ने निर्णय भएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिएका हुन् ।
बिदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने कर्मचारीहरू तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारी साधन कार्यालय परिसरमा व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको रिब्दीकोट गाउँपालिका अध्यक्ष कार्कीले बताए । रिब्दीकोट गाउँपालिकाभित्रका कर्मचारी तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारी साधनको साँचो जिन्सी शाखामा बुझाउनुपर्ने छ ।
सार्वजनिक बिदाको दिनमा सरकारी साधन सञ्चालन गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको सवारी साधन सञ्चालन अनुमति पत्र लिएर मात्र सञ्चालन गर्ने तथा सो नियम पालना नगर्ने व्यक्तिलाई सवारी साधन सुविधा उपलब्ध नगराउने भनी निर्णय भएकोले प्रशासन शाखा प्रमुख रुकलाल भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?
-
जिप दुर्घटना हुँदा दुई जना घाइते
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने