दसैँको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने
काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृति दसैँ बिदामा बन्द हुने भएको छ । दसैँ बिदामा नयाँ श्रम स्वीकृति बन्द हुने तर, यसअघि नै डेट (टोकन) लिइसकेकाहरूको हकमा भने दिइने वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले भोलीबाट नयाँ श्रम स्वीकृति नदिइने बताए । दसैँपछि श्रम स्वीकृति दिन थालिने उनको भनाइ छ ।
यसअघि नै टोकन लिइसकेकाहरूको हकमा भने श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको बताए । दसैँ तिहार जस्ता चाडपर्वमासमेत नेपालीहरूको वैदेशिक रोजगारको यात्रा भने रोकिँदैन । दसैँको टिकाकै दिन समेत सयौँको सङ्ख्यामा नेपालीहरूमा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा वैदेशिक रोजगारीमा जान ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । भने भदौमा ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण