गुल्मीमा जिप दुर्घटना, १५ जना घाइते
बुधबार, २३ असोज २०८१, १७ : ०६

बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जिप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको हो।
दुर्घटना परी जिप सवार सबै १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको छ ।
बाग्लुङको बरेङडाँडा गाउँपालिका ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइते सबैलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा उपचारको लागि पठाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज