फूलपातीको अवसर पारेर ‘फिरफिरे फिरिरी’को अफिसियल पोस्टर सार्वजनिक
काठमाडौँ । हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फूलपातीको अवसर पारेर पोस्टर गरेको हो ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । अधिकारीले यसअघि ‘नौ डाँडा पारी’ र ‘मङ्गलसूत्र’ निर्माण गरेका थिए ।
पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन्। आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने फिल्म हेरुन्जेल दर्शकलाई पूर्णमनोरनजन दिने निर्माता अधिकारी बताउँछन् ।
फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । फिल्मको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन् ।
फिल्ममा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय छ । फिल्मलाई देशभर आर.आर फिल्म्सले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनधनको क्षति न्यूनीकरणका लागि सरकार तयारीमा अवस्थामा छ’
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
-
कारागारबाट फरार कैदीबन्दी पक्राउ
-
महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी
-
पोखरामा ४० गाडीको प्रदूषण जाँच्दा १९ वटा फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण