नेपाल किर्गिस्तानसँग पराजित
काठमाडौँ । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ ।
श्रीलङ्काको कोलम्बोमा भर्खरै सम्पन्न खेलमा किर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । सुरुआती दुई सेट २३–२५, २१–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट नेपालले आफ्नो पक्षमा पार्यो । नेपालले २५–२१, २५–२२ ले जित्यो । तर खेलको अन्तिम तथा निर्णायक सेटमा भने नेपाल किर्गिस्तानसँग १७–१९ ले पछि पर्यो र अन्ततः नेपालले हार बेहोर्यो ।
नेपालले चार खेलमा सात अङ्क जोडेको छ । यसअघि श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्बेकिस्तानसँग ३–१ सेटको हार बेहोरेको थियो । यता किर्गिस्तानको चार खेलबाट चार अङ्क छ । यसअघि उज्बेकिस्तान र तुर्केमेनिस्तासँग समान ३–० को पराजय बेहोरेको किर्गिस्तानले श्रीलङ्काविरुद्ध ३–२ सेटको जित निकालेको थियो ।
अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा भोलि तुर्केमेनिस्तासँग खेल्नेछ । प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्बेकिस्तान सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण