भोलिदेखि अभिमुखीकरण तालिममा आईरिस सिस्टम अनिवार्य
काठमाडौं । मंगलबारदेखि अभिमुखीकरण तालिममा अनिवार्य रूपमा आईरिस सिस्टम लागू हुने भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिक दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम लागू गर्न लागेको हो ।
यसअघि असोज १५ गतेदेखि लागू गर्ने घोषणा गरेर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । अब भोलिदेखि अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स र आईरिस रिक्ग्नाइजेशन सिस्टम लागू गरिने विभागले जनाएको छ । सोही अनुसार तयारी गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई यसअघि नै परिपत्र गरिसकेको थियो ।
विभागले असोज ११ गते सूचना जारी गर्दै असोज १५ गतेदेखि आईरिस सिस्टम लागू गर्ने भनेको थियो । तर, अन्तिम समयमा आएर रोकिएको थियो । विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले तयारी नपुगेको भन्दै थप समय माग गरेकाले समय थप गरिएको जनाएको थियो । व्यवसायीहरूले भने आफ्नो तयारी पूरा भएको तर, विभागको उक्त सिस्टम लगाउन नचाहने मनसायले अनेक बहाना गर्दै आएको आरोप लगाउँदै आएका छन् ।
यसअघि गत वर्ष नै उक्त सिस्टम लागू गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न भनेको थियो । तर, हालसम्म लागू हुन सकेको थिएन ।
विभागले श्रमिकहरूलाई तालिमकमा लागि कक्षा कोठामा उपस्थित नै नभएका श्रमिकलाई तालिम दिएको प्रमाणपत्र दिएको पाएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारवाही गरेको थियो ।
पढाउँदै नपढाई तालिम लिएको भन्दै प्रमाणपत्र दिन थालेपछि विभागले बायोमेट्रिक सिस्टमलाई हटाएर आईरिस सिस्टम लागू गर्न खोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण