बैतडीमा पन्ज्युनयाँ क्रिकेट लिग सुरु
बैतडी । तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग आजदेखि यहाँ प्रारम्भ भएको छ । सुशितम युवा क्लब र दोगडाकेदार गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् ।
उन्नाइस टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री भण्डारीले खेलकुदका साथै सामाजिक विकासका अन्य क्षेत्रमा तीनवटै तहका सरकारबिच समन्वय हुनुपर्नेमा जोड दिए । खेलकुदको माध्यमबाट पनि देशको गरिमा बढाउन मद्दत पुग्ने भएकाले ग्रामीण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा बल मिल्ने मन्त्री भण्डारीले बताए ।
दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तह सबल हुनुपर्ने बताए । ‘एक वडा एक खेल मैदान’ निर्माणको अवधारणा पालिकाले अघि सारेको बताउँदै अध्यक्ष कार्कीले बजेट अभावमा त्यसले पूर्णता पाउन नसकेको दुखेसो गरे ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु एक लाख ५५ हजार ५५५ सहित शिल्ड र पदक पाउनेछभने उपविजेता टोलीले नगद रु ५५ हजार ५५५ पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरी, सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वनास्वरूप रु १० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ११ हजार १११, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई रु सात हजार ७७७, उदीयमान खेलाडीलाई रु तीन हजार ३३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रु एक हजार १११ प्रदान गरिने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश नीतिमा बौद्ध धर्मको प्रभाव, के गर्दैछन् भारत, चीन र नेपाल ?
-
१ खर्बको मुद्दा र ‘म पनि पर्छु कि’ भन्ने डरले सेयर बजार घट्यो : अर्थमन्त्री
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण