राप्रपा महामन्त्री राणा डिस्चार्ज
काठमाडौँ । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएका राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्ज पछि पनि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।
डिस्चार्ज भएपछि उनले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहँदै देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने बताएका छन् ।
‘जटील रोगको उपचारबाट स्वस्थ भई पार्टीका एजेन्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने उर्जा थपिएको छ । देश, जनता र पार्टीका एजेन्डाप्रति वफादार रही जीवनभर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु ।’
राप्रपा नेता राणालाई गिजामा क्यान्सर देखिएपछि भारत, मुम्बईको टाटा मेमोरियल अस्पतालमा डा सुल्तान प्रधानको टिमले शल्यक्रिया गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण