कालिकोटको जुविधामा आगलागी हुँदा तीन घर जले
बिहीबार, ०१ कात्तिक २०८१, १६ : २५
सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–६, को जुविधामा आगलागीबाट तीन घर जलेका छन् । कालिकोट प्रहरीका अनुसार स्थानीय परेक शाहीको घरमा अचानक लागेको आगोले अन्य दुई घरमा समेत क्षति पुगेको छ ।
घटना बुधबार बेलुकाको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार परेक शाहीको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । उक्त अन्य दुई घरमा भने क्षति केही कम भएको छ ।

आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक किशोर केसीको कमाण्डमा प्रहरी त्यहाँ खटिएको थियो । स्थानीयको सहभागितामा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । घटनाको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको सूचना अधिकारी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण