बागमती लोकसेवा अयोगका सदस्य ढकालले दिए राजीनामा
हेटौँडा । आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाउने तयारी गरेको भन्दै बागमती प्रदेश लोकसेवा आयोगका सुदर्शन ढकालले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर शुक्रवार राजीनामा बुझाएका हुन् ।
११ कार्तिकबाट लागू हुने गरी राजीनामा बुझाएका ढकालले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क)अनुसार राजीनामा बुझाएका हुन् । आफूभन्दा कनिष्ठ व्यक्तिलाई आयोगको अध्यक्ष बनाउने तयारी भएपछि पदबाट राजीनामा दिएको उनको भनाई छ । प्रदेश सरकारले सहसचिव स्तरको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष बनाउन लागेको उनले दाबी गरे ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले आफूलाई आयोगका सदस्य ढकालले राजीनामा दिएको विषयमा कुनै जानकारी नभएको बताए । उनले आयोगको अध्यक्ष नियुक्तिको विषय पनि आफूलाई जानकारी नभएको दाबी गरे ।
उनले आयोगको अध्यक्ष नियुक्त गर्ने विषयमा छलफल भने भइरहेको जानकारी दिए । प्रदेशका मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख सदस्य रहेको ३ सदस्यीय समितिले आयोगको अध्यक्ष नियुक्त गर्ने भएकाले आफूलाई त्यसबारेमा वास्तविकता थाहा नभएको उनको भनाई छ ।
यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका पूर्व निर्देशक महेश्वर श्रेष्ठलाई आयोगको अध्यक्ष बनाउने तयारी भएको छ । स्रोतका अनुसार अध्यक्षमा श्रेष्ठको नाम फाइनल भइसकेको र एक दुई दिनमै नियुक्ति गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण