एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
आइतबार, ०४ कात्तिक २०८१, ०६ : ३४

काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुने नेकपा एमालेका एक नेताले जानकारी दिए । यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो। सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो।
लगत्तै, व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो। त्यसयता, एमालेको उक्त कदमको चर्को आलोचना हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने