च्यासलमा एमालेको सचिवालय बैठक
आइतबार, ०४ कात्तिक २०८१, १७ : २५
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको केन्द्रीय कार्यालय सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिए ।
पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बसेको अधिकारीले जानकारी दिए ।
यसअघि असोज २४ गते व्यवसायी मीनबहादुर गुरुङले दिएको कीर्तिपुरको १० रोपनी १४ आना जग्गा दान स्वीकार गर्ने विषयमा निर्णय गर्न अध्यक्ष केपी ओलीले बैठक बोलाएका थिए ।
तर बालुवाटारको सरकारी जग्गा ललिता निवास लगायत विषयमा अदालतमा मुद्दा खेपिरहेका व्यवसायी गुरुङले दिएको जग्गा दान सरकारका कार्यकारी प्रमुखले लिने विषयले एमालेभित्रै असन्तुष्टि बढेको छ ।
यस विषयले एमालेभित्र मात्र नभई बाहिर समेत चर्को आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण