च्यासलमा एमालेको सचिवालय बैठक
आइतबार, ०४ कात्तिक २०८१, १७ : २५

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको केन्द्रीय कार्यालय सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिए ।
पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बसेको अधिकारीले जानकारी दिए ।
यसअघि असोज २४ गते व्यवसायी मीनबहादुर गुरुङले दिएको कीर्तिपुरको १० रोपनी १४ आना जग्गा दान स्वीकार गर्ने विषयमा निर्णय गर्न अध्यक्ष केपी ओलीले बैठक बोलाएका थिए ।
तर बालुवाटारको सरकारी जग्गा ललिता निवास लगायत विषयमा अदालतमा मुद्दा खेपिरहेका व्यवसायी गुरुङले दिएको जग्गा दान सरकारका कार्यकारी प्रमुखले लिने विषयले एमालेभित्रै असन्तुष्टि बढेको छ ।
यस विषयले एमालेभित्र मात्र नभई बाहिर समेत चर्को आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा