बजार
सुनमा पाँच दिनदेखि निरन्तर ऐतिहासिक रेकर्ड
सोमबार, ०५ कात्तिक २०८१, ११ : ००
काठमाडौँ । पाँच दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा ऐतिहासिक रेकर्ड बनाउँदै गएको छ । दसैँपछि खुलेको सुनचाँदी बजारले तेस्रो दिनदेखि नै ऐतिहासिक रेकर्ड बनाएकोमा आजसम्म पनि यसले निरन्तरता पाएको हो ।
सोमबार प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य आइतबार १ लाख ६५ हजार रुपैयाँ रहको थियो । त्यभन्दा अघिल्ला दिनहरुमा यो मूल्य क्रमशः १ लाख ६४ हजार ४००, १ लाख ६२ हजार ४०० र १ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्यले समेत रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको छ । यस्तो मूल्य आइतबार २ हजार ७५ रुपैयाँ रहेको थियो । त्यस्तै, शुक्रबार १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य त्योभन्दा अघिल्लो दिन १ हजार ९५० रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण