मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव
काठमाडौंँ । प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा आगामी अक्टोबर १८–२४ तारिख (कार्तिक २–८ गते) सम्म पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ ।
मुस्ताङ यहाँको पारम्परिक संगीत, नृत्य, विभिन्न सांस्कृतिक परम्पराका लागि प्रख्यात छ । सोही कलालाई चित्रकारहरूमा झबाँड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका ट्रिपलपी गुरुङले बताए ।
महोत्सवमा मुस्ताङका मार्फा, थिनी, कागबेनी र जोमसोमलगायतका स्थानमा यी कार्यक्रमहरू गरिनेछ । महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिलहन्ट एन्डस्टोन आर्ट, साउन्ड हिलिङ लगायत विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम गरिनेछ । महोत्सवको अर्को आकर्षण ‘ट्राभलिङकिम्फ’ रहेको छ ।
अक्टोबर २० देखि २४ तारिखसम्म हरेक साँझ दुई घण्टा हिमाली क्षेत्रका नामी चलचित्रहरू देखाइने यो कार्यक्रमलाई काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले संयोजन गर्नेछ ।
महोत्सवमा अन्तर्राष्ट्रिय चित्रकारहरू थाइल्यान्डबाट डिरेककिङ्नकरकाराज डब्लु एसपी, पोल्यान्डबाट इवा क्रुएजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जाम पेलछेदा, इन्डोनेसियाबाट एमी गोरताइवानबाट छेङहान वेनलगायतले सहभागिता जनाउने भएका छन् ।
यस्तै नेपालका चित्रका र सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नविन नाल्बो र आकाश गुरुङले पनि आफ्नो प्रतिभा बाँड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण