देवघाटमा बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा
तनहुँ । देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ ।
गाउँपालिकाले अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । पालिकाका पाँचवटै वडामा बसोबास गर्ने सीमान्तकृत बोटे र चेपाङसहित दलित र ब्रामु समुदायका बासिन्दाको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।
निःशुल्क स्वास्थ्य बीमाका लागि चालु आव २०८१÷८२ मा रु ११ लाख विनियोजन गरिएको थापाले बताए । उनले भने “ती समुदायको मात्र नभइ अति विपन्न ब्राह्मण, क्षेत्रीका नागरिकको पनि गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिने नीति लिएको छ ।”
आर्थिक अभावमा पछाडि पारिएका समुदायहरु न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर यसै आर्थिक वर्षदेखि ती जातिहरुको स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएको अध्यक्ष थापाले बताए । उनले सीमान्तकृत र लोपोन्मुख समुदायका सदस्यहरुको स्वास्थ्य, शिक्षालगायत अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गर्ने पालिकाको नीति रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण