जब रियलका मिडफिल्डरलाई युभेन्टसले अनुबन्ध गरेको घोषणा गर्यो...
टुरिन । रियल मड्रिडका मिडफिल्डर आर्डा गुलेरलाई अनुबन्ध गरेको पोस्ट सार्वजनिक भएपछि युभेन्टसले आफ्नो इंग्लिस ट्वीटर खाता ह्याक भएको जानकारी दिएको छ ।
उक्त पोस्टमा १९ वर्षीय टर्कीका मिडफिल्डर एउटा विमानस्थलमा हिँडिरहेको तस्बिर साझा गरिएको थियो । पोस्टको क्याप्सनमा लेखिएको थियो, ‘युभेन्टसमा स्वागत छ आर्डा गुलेर । फुटबलमा उदाउँदो स्टार अब युभेन्टसको परिवारका सदस्य बनेका छन् ।’
लगत्तै सिरिए क्लबले उसको इटालियन एक्स खातामा यसबारे प्रष्टीकरण दिँदै उनीहरूको इंग्लिस ट्वीटर खाता ह्याक भएको जानकारी दियो । सो सन्देशलाई बेवास्ता गर्न क्लबको आग्रह थियो ।
हुन त युभेन्टसले चाहेर पनि यति बेला गुलेरलाई अनुबन्ध गर्न सक्दैन किनभने स्पेनिस र इटालियन ट्रान्सफर विन्डो यति बेला बन्द रहेको छ । ‘टर्किस मेस्सी’ को उपनाम पाएका गुलेरलाई रियलले सन् २०२३ को जुलाईमा फेनरबाचेबाट करिब १।६७ करोड पाउन्डमा अनुबन्ध गरेको थियो ।
उनले स्पेनिस क्लबका लागि २३ खेल खेलेका छन् भने उनी युरो २०२४ मा टर्कीको टोलीका सदस्य थिए । जर्जियालाई ३–१ गोलले हराउने क्रममा उनी युरोपियन च्याम्पियनसिपको डेब्युमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण