कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिनुभएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताए ।
अभियानका लागि अर्घाखाँची कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई छ स्थानीय तहका ६१ वटा वडामा खटाएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले जानकारी दिए ।
सयदिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाइने कांग्रेसका अर्का जिल्ला सचिव अच्युत गौतमले जानकारी दिए ।
भ्रातृ र शुभेच्छुक सङ्गठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले बताए । अभियान आउँदो पुस १६ गते बिपी जयन्तीका दिन समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण