सहकारी ठगी प्रकरण
छविलाल जोशीसँग बयान सुरु
मङ्गलबार, ०६ कात्तिक २०८१, १२ : १५
बुटवल । पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिइएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले जोशीलाई कास्कीबाट सोमबार भैरहवा ल्याइएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा उनको बयान भएको रुपन्देही एसपी रञ्जित सिंह राठौरले राताेपाटीलाई बताए । उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेमराज पाैडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भएको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की जिल्ला प्रहरीले कार्यालय रुपन्देहीमा अनुसन्धानका लागि पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण