रौतहटमा प्रहरीद्वारा करिब ८ लाखको सामान बरामद
बुधबार, ०७ कात्तिक २०८१, ०८ : १८
रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न नाकाबाट अवैध रूपमा भित्रिएको झन्डै ८ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरूबाट अवैध रूपमा भन्सार छली ल्याएको ७ लाख ८९ हजार,७३१ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो।
अवैध भारतीय कपडा, किराना, कस्मेटिक, लगायत तस्करीमा प्रयोग गरिएको मोटरसाइकलसहित उक्त मूल्य बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय रौतहटमा दाखिला गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण