रवि लामिछानेको भोलि म्याद थप गरिँदै
बुधबार, ०७ कात्तिक २०८१, १२ : ०१
काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय आज पुरा हुँदै छ ।
बिहीबार उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने कास्कीका एसपी श्यामबावु ओलियोले रातोपाटीलाई बताए । उनले भने, ‘भोलि दोस्रोपटक म्याद लिन्छौं, अरु अनुसन्धानको प्रक्रिया भइरहेको छ ।’
लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण