सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगराैँ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूका दुईचार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल एक्समार्फत रास्वपाले गरिरहेको सडक प्रदर्शनतर्फ लक्षित गर्दै उनले रुवावासी बन्द गर्न आग्रह गरेका हुन् ।
‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जग हँसाई नगरौँ’, उनले उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता भएको उनले उल्लेख गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी बचत रकम अपचलन गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । तर रास्वपाका नेता तथा कार्यकर्ताले झुटो मुद्दामा सरकारले लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै लगातार सडक सङ्घर्षमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण