त्रिविका उपकुलपतिलाई समाजवादी विद्यार्थी युनियनको १३ बुँदे ज्ञापनपत्र
काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नयाँ शक्ति) को विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएको हो ।
त्रिवि समिति अध्यक्ष बलबहादुर रम्तेलको हस्ताक्षरमा रहेको ज्ञापनपत्रमा १५ दिने अल्टिमेटम दिएका छन् ।
विश्वविद्यालयबाट उत्पादन भएको शैक्षिक जनशक्तिलाई बजारीकरण गरी नसक्नु राजनीतिक भागवण्डा गरेर थिलथिलो र पार्टीको नाममा भर्ती केन्द्र बनाउने मेरिटोक्रेसीको नाममा कम्म्ल ओढेर घिउ खाने काम भइरहेको भन्दै त्यस्तो कार्य रोक्न भनेको हो ।
सेवा आयोगबाट हुने विज्ञापन पूर्णरुपमा कुल विज्ञापनको ४५ प्रतिशत समावेशी खोल्नुपर्ने र पारसनाथ यादव नेतृत्वले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
त्रिविको शैक्षिक प्रयोजन बाहेकका विश्वविद्यालयको जग्गा व्यापारी प्रयोजनको लागि गरेको सम्झौता तुरुन्त खारेज गर्न समेत माग गरेको छ । अव्यवस्थित ढङ्गले वितरण गरेका सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित नगरी विना आधार क्यूएए प्राप्त कलेजलाई कार्यक्रम थप्ने निर्णय तत्काल रोक्न समेत माग गरेको छ ।
डिन र क्याम्पस चिफहरुको नियुक्ति छनोट समितिले दिएको सिफारिसको आधारमा वरिष्ठता र मेरिटोक्रेसीको आधारमा नियुक्त गर्न समेत माग गरेको छ ।
आफूहरूले अघि सारेका मागहरूको बेवास्ता गरेको खण्डमा जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण