फोनप्वाइन्ट्ससँग इसेवाको साझेदारी
काडमाडौँ । फोनप्वाइन्ट्स र इसेवाबीच एक साझेदारी भएको छ । फोनप्वाइन्ट्स एक एकृकीत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो, जसद्वारा व्यवसायहरुले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यवसायीक अनुभव प्रदान गर्ने इसेवाले जनाएको छ ।
जसको माध्यमबाट प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेकोे प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरु अवलोकन गरि तिनको उपभोग गर्ने अवसर प्राप्त हुने जनाइएको छ ।
फोनप्वाइन्ट्सका प्रयोगकर्ताहरूले विभिन्न व्यवसायीक पार्टनरहरूसँग संलग्न भएर लोयल्टी प्वाइन्टस् आर्जन गर्न सक्नेछन् । जसअनुसार फोनप्वाइन्ट्सले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरुबाट आर्जन गरेको लोयल्टी प्वाइन्टसलाई पनि एकृकीत गर्छ भने प्रयोगकर्तालाई ती प्वाइन्टहरु प्रयोग गरि आर्कषक अफर, छुट तथा उपहारहरु प्राप्त गर्ने अवसर प्रदान गर्ने जनाइएको छ ।
नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुणस्तरीय बनाउने लक्ष्यका साथ ईसेले सहकार्य गर्ने निर्णय गरेको बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फोनप्वाइन्ट्सका सीईओ सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ । यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण