थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
काठमाडौँ । पछिल्लो विकसित राजनीतिक अवस्था, थप आन्दोलनको तयारी र समसामयिक विषयमा समीक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनौपचारिक बैठक बोलाएको छ ।
पार्टी कार्यालय बालाजुमा केहीबेरमा पदाधिकारीको अनौपचारिक बैठक बस्नेत कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । सहकारी ठगी आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ ।
दिउँसाे १ बजे हुने विरोध प्रदर्शनको व्यवस्थापन रास्वपा बागमती प्रदेशले गर्ने उनले बताए । उनका अनुसार प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र्यापिड फोर्स खटिनेछ । सरकारले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै त्यसको विरोधमा देशव्यापी रूपमा स्वतःस्फूर्त आन्दोलनको अभियान चलाउने उनले बताए ।
‘ओली सरकारले राजनीतिक प्रतिशोधका आधारमा हाम्रा सभापतिलाई पक्राउ गरेको छ । त्यसविरुद्ध पार्टीले स्वतःस्फूर्त रूपमा देशव्यापी आन्दोलनको अभियान चलाउने छौँ’, उनले भने । लामिछानेलाई गत शुक्रवार प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरामा लगेर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण