जीवन-एक प्रवाह एक शृङ्खला सार्वजनिक
काठमाडौँ । मानवीय र सामाजिक अभियन्ता देवरत्न धाख्वाको ‘जीवन एक प्रवाह एक शृङ्खला’ नामक पुस्तक लोकार्पण भएको छ ।
लेखन कुञ्जद्वारा प्रकाशित पुस्तक लोकार्पण गर्दै दिव्यशताब्दि पुरुष डा. गौरीशङ्कर लाल दासले नेपाल रेडक्रसमा चार दशक बिताएका समाजसेवी राजनीतिज्ञ धाख्वाको पुस्तक मानवीय र समाजसेवा गर्नेका लागि प्रेरणादायी र अनुकरणीय रहेको बताए।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबावु महर्जनले ललितपुरको नागवहाल जस्तो रमणीय स्थानमा भएको कार्यक्रम र यसै क्षेत्रका वरिष्ठ समाजसेवी धाख्वाको पुस्तक मानव सेवा गर्नेका लागि मात्र होइन जनप्रतिनिधिले पनि कसरी समयमै काम गर्नुपर्छ भन्ने जस्ता निकै अनुकरणीय र प्रेरणादायी रहेको उल्लेख गरे ।
लोकार्पण समारोहमा लेखक देवरत्न धाख्वा, लेखनकुञ्जका अध्यक्ष कमल ढकाल, लेखनकुञ्जका सम्पादक वरिष्ठ पत्रकार टङ्क पन्त, नेपाल रेडक्रस सोसाइटीका निर्देशक पूजा कोइराला, हिरण्यवर्ण महाबिहारका दश पारमिता आजु रत्न शाक्य, अर्जना धाख्वा, रचना धाख्वालगायतले पुस्तककाबारेमा चर्चा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
-
जननेता मदन भण्डारीलाई सम्झँदा
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण