बहराइनमा जारी टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
काठमाडौँ । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम स्पर्धामा आइतबार साउदी अरबियालाई पराजित गरेको छ ।
बहराइन नेसनल स्टेडियास्थित ईसा स्पोर्टस सिटीे हल ‘बी’ मा ९ देखि १३औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले हराएको हो ।
जितसँगै नेपालले अब सोमबार ९ देखि ११औँ स्थानका लागि युगान्डासँग खेल्ने छ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १०औँ स्थानका लागि खेल्ने अवसर पाउने छ ।
महिला टिम स्पर्धामा नेपाली टोलीले समूहगत चरणमा इङल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईंसँग प्रतिस्पर्धा गरेको थियो ।
नेपाली टोली इङल्यान्डसँग ४–३, अजरवैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेइसँग ७–० ले पराजित भएको थियो । नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनाली सहभागी छन् ।
महिला स्पर्धामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्नेछ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण