बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ : अध्यक्ष नेपाल
सोमबार, १२ कात्तिक २०८१, २१ : ४०

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारवाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले, “दोषी कसैले उन्मुक्ति नपाउन्, निर्दोशी कोही पनि नफसुन् । राजनीतिक पूर्वाग्रहका आधारमा केही पनि काम हुनुहुँदैन । सरकारले बचतकर्ताको पैसा पाउने वातावरण बनाउनुपर्दछ ।”
एकीकृत समाजवादी पार्टीले अहिले अन्य कुनै पार्टीसँग पनि मिल्ने सोच नराखेको र स्थिति पनि नबनेको अध्यक्ष नेपालले बताए । विचार मिल्ने शक्तिसँग मोर्चा बनाएर जान आफूहरू तयार रहेको उनले स्पष्ट पारे । “विषयवस्तुमा सहकार्यमा गरेर अघि बढ्न तयार छौँ । अरु पार्टीसँग मिल्ने र एकता गर्ने स्थिति अहिले छैन,” नेपालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या